डडेल्धुरामा एक युवक मृत फेला

डडेल्धुरामा एक युवक मृत फेला

डडेलधुरा : डडेल्धुराको अमरगढी नगरपालिका–७ मा एक युवक मृत फेला परेका छन् । मंगलबार अमरगढी नगरपालिका वडानम्बर ६ का अन्दाजी २० वर्षीय इन्द्रबहादुर ताम्राकार मृत फेला परेका हुन् ।

अमरगढी नगरपालिका–७ पारामेडिकल कलेज पोखरा नजिक रहेको खोलामा उनको शव फेला परेको र अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुरा प्रहरी नायव उपरीक्षक डम्बरबहादुर केसीले जानकारी दिनुभयो ।
शव पोष्ट मार्टमका लागि डडेल्धुरा सदरमुकामस्थित उपक्षेत्रीय अस्पतालमा राखिएको जानकारी दिनुभयो ।