प्रदेश ७ मा यसरी मनाइयो संविधान दिवस, हेर्नुस् ८ फोटो

प्रदेश ७ मा यसरी मनाइयो संविधान दिवस, हेर्नुस् ८ फोटो

धनगढी : नेपालको संविधान जारी भएको आज तिन वर्ष पूरा भएको छ । दुईवटा संविधानसभाको चुनावपछि निकै लामो रस्साकस्सीबिच संविधानसभाका ९० प्रतिशतभन्दा धेरै सभासद्को हस्ताक्षरमा २०७२ असोज ३ गते संविधान जारी भएको थियो । 

तर संविधान जारी भएकै दिनदेखि यसको कार्यान्वयन पक्षका बारेमा अनेकौँ आशङ्का गरिएको थियो । 
संविधान जारी नगर्न छिमेकी भारतले दिएको दबाब, मधेस केन्द्रित दलको असन्तुष्टि र ठुला दलबिचको बेमेलले निर्धारण गरिएका काम पूरा हुन्छ कि हुँदैन भन्ने अन्योल थियो । 

संविधान जारी भएको तिन वर्षमा तिनै तहका चुनाव भएर सरकार निर्माण भएपछि संविधान धरापमा परेर फेरि संवैधानिक र राजनीतिक सङ्कट आउने सम्भावना ‘लगभग’ सकिएको छ । संविधान कार्यान्वयनका लागि तिन वर्षमा हुनुपर्ने जति काम सबै भएका छन् । 

प्रदेश ७ मा पनि आज संविधान दिवस धूमधामका साथ मनाइएको छ । प्रदेश ७ मूल आयोजक समितिको आयोजनामा संविधान दिवस मनाइएको हो । 

दिवसको अवसरमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट ब्याण्डबाजा र झाँकीसहित यालीको आयोजना गरी कवर्डहल मुख्य समारोह आयोजना गरिएको थियो । सो क्रममा विभिन्न झाकीका साथै खेलकुद प्रदर्शन गरिएको थियो । 

कार्यक्रमा प्रदेश प्रमुख मोहनराज मल्ल सहित मुख्यमन्त्री त्रिलोचन भट्ट, छ वटै मन्त्री, सांसद, प्रमुख सचिव, सचिव, सुरक्षाअधिकारी लगायतको सहभागितो थियो । 

आजै प्रदेश प्रमुखले चियापानको आयोजना गर्ने कार्यक्रम रहेको छ ।  संविधान दिवसको अवसरमा हिजो साँझ दीपावली गरिएको थियो  ।