बाजुरामा उत्पादन भएको स्याउ अब धनगढी र काठमान्डौमा

बाजुरामा उत्पादन भएको स्याउ अब धनगढी र काठमान्डौमा

धनगढी । बाजुरामा उत्पादन भएको स्याउ बिक्रीका लागि काठमाडौँ पठाउने तयारी भएको छ । 

१ सय क्वीन्टल स्याउ काठमाडौँ पठाउने र ६० क्वीन्टल स्याउ धनगढी ल्याउने तयारी भएको हो । कृषि ज्ञान केन्द्र बाजुराले अनुदानमा ढुवानी गरिदिएपछि जिल्लामा उत्पादन भएको स्याउ काठमाडौँ पठाउने र धनगढी ल्याउने तयारी भएको हो । 

अहिले खच्चड मार्फत स्याउ ढुवानी गर्दै जिल्लाको स्वामिकार्तिक गाउँपालिकाको तिलिचौरमा संकलन गरिरहेको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख गोविन्द सिजापतीले जानकारी दिनुभयो । ८ गते भित्र स्याउ धनगढी पुगाउने तयारी छ, त्यस्को केही दिनमा काठमाडौँमा बाजुराको स्याउ पुग्ने उहाँले बताउनुभयो । स्याउ बारीमै कुहिने अबस्था आएपछि तिलिचौर सम्म ढुवानीमा अनुदान दिएको उहाँले बताउनुभयो । 

किसानहरुबाट ए ग्रेडका स्याउ प्रतिकिलो २५, वि ग्रेडका स्याउ प्रति किलो २० र सि ग्रेडका स्याउ प्रति किलो १५ मा खरिद गरिएको  प्रमुख गोविन्द सिजापतीले जानकारी दिनुभयो । धनगढीमा प्रतिकिलो ७५ र काठमाडौँमा प्रतिकिलो ८५ मा स्याउ विक्री गर्ने तयारी रहेको छ । 

अहिले स्वामिकार्तिक खापर गाँउपालिकाको जुकोटमा मात्र २ सय भन्दा बढि परिवारले स्याउ खेती गर्दै आएका छन् ।