जै बेला चुनाव हुन्छ,नेता गाउँमा औना, आफुलाई जितौना कि,टुनामुना लौना

जै बेला चुनाव हुन्छ,नेता गाउँमा औना, आफुलाई जितौना कि,टुनामुना लौना

जै बेला चुनाव हुन्छ,नेता गाउँमा औना ।
आफुलाई जितौना कि,टुनामुना लौना।।
मिठा मिठा कुरा लौना,जनता फकौनाकी।
कापीमा योजना लेख्दा,जनता भुल्यौनाकी ।।

नारा जुलुस् लौना लौना,गाउँघर मा आई । 
कसैले त सपथ खायो,मन्दिर मा गई।।
तमरा माग के हुन् भणि,जनतालाई सोद्दा।
जनताले भुणेका कुरा,मनैभित्र चोद्दा ।।

चुनाव को प्रचार गद्दा , माइक फुकी फुकी ।
जनता को मन चोद्दा, छोपी लुकी लुकी ।।
कि लाग्या जमना इसा, गरीबलाई पेल्ले।
मतलव खुसौनाकी , मिठा वचन बोल्ले ।।

दुइ घण्टाको बाटो हिटी,भोट दिना जनता ।
जिते पाछा नेताहरु,जनतालाई भुल्दा ।।
अनेकौ समस्या छन् ,गाउँघरमा हेर ।
के गद्दानु सोझा जनता,बाच्ने कैका भर ।।

स्कुले स्कुल झाना , घण्टौं बाटो हिटी ।
थाकेर स्कुल पुग्दा , चिप्ली लोटी लोटी ।।
खोला तद्दा ठूला ठूला,कोइ लडेर बग्दा ।
धन्य दुःख कठैलाणी, हमरा नेता हेद्दा ।।

कत्ति छन् डिगरी गर्या,बि एड यम् एड पनि ।
रोजगार छैन कमाउन,जान्या बिदेश अनि ।।
सुरक्षा काइपनि छैन, ठाउ ठाउँमा हत्या ।
धन्य लाणी धन्य कर्म,अकालमा मद् या ।।

के पार्यो राजनिति ले,उल्टा सुल्टा काम।
जताततै राजनीति छ ,हरे ! हर राम।।
गाउँघरमा स्कुलमा , देउताको मन्दिर मा।
बाउ छोरामा दाजुभाइमा,काका भतिजा मा।।

कसरी बढ्न्या हो अघि,इसोइ भया देश ।
हाम्रो देश पिछडी गयो, अझै गर होस ।।
सत्य बाटो लाग नेता,असत्यलाइ छोडी ।
देशको बिकास गर ,दुस्मनी लाइ तोडी।।

अध्यारो लाइ तोडीकन,उज्यालो छर न ।
लुकेर नबस नेता ,गाउँघर हेर न ।।
गाउँको बिकास् भयो भने,देशकै बिकास् हुन्छ ।
जुन नेता सत्यमा जान्छ,सब् को प्यारो बन्छ।।

लेखक : श्री पदम राज भट्ट 
डिलासैनी गाउॅपालीका खेतागाऊॅ ७(बनुल्वाॅ )
बैतडी