साफ यू–१८ फुटबलको उपाधि भारतलाई

साफ यू–१८ फुटबलको उपाधि भारतलाई

नेपालमा सम्पन्न तेस्रो संस्करणको साफ यू–१८ च्याम्पियनसिप फुटबलको उपाधि भारतले उचालेको छ । आइतबार हल्चोकस्थित एपीएफको मैदानमा भएको खेलमा बंगलादेशलाई २–१ गोल अन्तरले पराजित गर्दै भारत नयाँ च्याम्पियन बनेको हो ।

खेलको दोस्रो मिनेटमा भारतका विक्रम प्रताप सिंहले गोल गर्दै भारतलाई सुरुवाती अग्रता दिलाएका थिए । यता बंगलादेशका एसिन अर्फातीले खेलको ४० औँ मिनेटमा गोल गर्दै बंगलादेशलाई खेलमा फर्काए ।

खेलको इन्जुरी समयमा गोल गर्दै भारतले जित निकाल्न सफल भयो । खेलमा बंगलादेश ९ खेलाडी र भारत १० खेलाडीमा सीमित रहेर प्रतिस्पर्धा गरेका थिए । भारतको यो पहिलो उपाधि हो । यसअघि प्रतियोगिताको उपाधि दुईपटक नेपालले उचालेको थियो ।