हो हजुर हो म भ्रष्टाचारी हो ।
यस्तै छ मेरो काम
म भ्रष्टाचार गरिरहन्छु ।
रत मेरो मान छ,प्रतिष्ठा छ,
समाजले सम्मान गर्छ ।
तर कसैले भ्रष्टाचार किन गरिस
भनेर सोध्नै सक्दैन ।
यदि कसैले सोधिहाल्यो भने
उसलाई रुपैयाँले किन्ने मेरो क्षमता छ म सङ्ग ।
म अनैतिक कार्यले भित्र भित्रै खोक्रीसकेको छु,
तर बाहिर आदर्शका कुराले सबैलाई प्रफुल्ल पारी दिन्छु ।
समृद्ध नेपाल,सुखी नेपाली भनेर
नारा लगाउदै कति सहर धाइसके कति ?
तर ती नारा, जसको कुनै अस्तित्व अनि
अर्थ बुझ्दैन गाउँ,बेशी अनि सहर ।
म देख्छु जताततै भ्रष्टाचार
तर त्यसको बारेमा केही बोल्नै सक्दैन ।
किनकि त्यसको बारेमा बोल्दा
आफ्नै पोल खुल्छ कि भनेर केही बोल्नै सक्दैन ।
जहाँ गएपनी भ्रष्टाचार नै भ्रष्टाचार देख्छु
यातायात कार्यालय जाउ भ्रष्टाचार,
मालपोत कार्यालय जाउ भ्रष्टाचार,
जुन सुकै कार्यालय गएपनी भ्रष्टाचार नै भ्रष्टाचार ।
यता जाउ भ्रष्टाचार नै भ्रष्टाचार,
उता जाउ भ्रष्टाचार नै भ्रष्टाचार,
विमान खरिदमा भ्रष्टाचार,ईन्टरनेटमा भ्रष्टाचार,
टेलिकममा भ्रष्टाचार यस्ता
भ्रष्टाचार त कति छन कति ।
तर तिनीहरुको बारेमा के नै पो बोल्न सक्छु र म ।
जहाँ आफ्नै संलग्न भएपछि ।
हो हजुर म भ्रष्टाचारि हो
यस्तै छ मेरो काम ।
उनिहरु गरिव अनि पीडित छन र त
कोहि केही बोल्न सक्दैनन् मेरो बारेमा ।
शक्ति र पावरको आडले उनीहरुलाई
सधै डराइ र धम्काइ रहे ।
उनीहरु थाहा छ मेरो बारेमा
बोल्दाको परिणाम के हुन्छ ।
केही समय अगाडि मेरो बिपरित बोल्दा
उनीहरुकै अगाडि एउटाको टाउको फुटाएको
उनीहरुलाई राम्रो सङ्ग थाहा छ ।
त्यसैले मेरो बारेमा कोहि बोल्नै सक्दैनन्
उनीहरु भ्रष्टाचारी देख्ने बित्तिकै घृणा गर्छन् ।
म उसलाई सम्मान गर्छु,
उनीहरु भ्रष्टाचारको बिरोध गर्छन्,
म उसलाई सम्मान गर्छु,
उनीहरु भ्रष्टाचारीलाई खुट्टामा कुल्चिएर हिड्छन,
म त्यसलाई शिरमा राखेर हिड्छु ।
हो त्यसैले त म भ्रष्टाचारी हो ।
यस्तै छ मेरो काम, म भ्रष्टाचार गरिरहन्छु ।
म भ्रष्टाचार गरिरहन्छु ।
आभाष उपाध्याय