दशैँको पिङ सम्झनामा मात्रै, परम्परागत सीप नयाँ पुस्तामा हस्तान्तरण नहुदाँ बुढापाकाहरु चिन्तित

दशैँको पिङ सम्झनामा मात्रै, परम्परागत सीप नयाँ पुस्तामा हस्तान्तरण नहुदाँ बुढापाकाहरु चिन्तित

धनगढी : केही वर्ष पहिले दशैँ भन्नेबित्तिकै टीका जमरा र पिङको याद आउने गाउँघरमा पछिल्लो समय काठे पिङ देखिनै छाडेका छन् । बसाइँसराइ र वैदेशिक रोजगारीका कारण गाउँघरमा युवाको जमात कम छ ।

दशैँ मान्नकै लागि देशका ठूला शहर र विदेशबाट आएका युवासमेत पिङ बनाउने तथा खेल्ने काममा त्यति चासो दिँदैनन् । सहज इन्टरनेट चल्ने ठाउँको खोजीमा देखिन्छन् । पहिले पहिले दशैको समय रमाईलो हुने गाउँघर आजभोली सुनसान जस्तै देखिन्छन ।

दशै आउन एक महिना अगाडी नै गाउँघरमा आफ्न्तहरु आउनु थालेका हुन्थे । ग्रामीण भेगमा बाटै बाटो भरी मानिसहरुको भिड लाग्ने गरेको हुन्थ्यो । तर आजभोली गाउँघरमा ठिक उल्टो भएको छ । सायद समयको परिबर्तन सगै मानिसहरु पनि परिबर्तन भएका छन ।

आजभोली ग्रामीण क्षेत्रमा पनि यातायातको पहुच पुगेको हुदाँ पनि बाटोमा मानिसहरु भेटिदैनन् होलान् । यातायातका साधन हुदाँ सहजै घरमा आउने जाने गरेका कारण बाटोमा पनि त्यति भिड हुदैन । साथिभाइहरु एकआपसमा मिलेर पहिले गाउँघरमा पिङ हालिन्थ्यो । तर आजभोली साथीहरु पनि आ–आफ्नै काममा व्यस्त भएका हुन्छन ।

टेक्नोलोजीको जमाना हुदाँ धेरै जस्तो युवाहरु इन्टरनेट,मोबाइलमै व्यस्त हुन्छन । त्यसैले जति पहिला दशैमा रमाईलो हुन्थ्यो त्यति आजभोली नहुने गरेको बुढापाकाहरु बताउछन् । गाउँमा बसोबास गर्ने अधिकांश मानिस सहर केन्द्रित हुँदा परम्परागत सीपसमेत नयाँ पुस्तामा हस्तान्तरण हुन नसकेकोमा बुढापाकाहरु चिन्तित हुन थालेका छन ।