धनगढीको खुला मञ्चमा पिङ खेल्दै रमाउदै बालबालिकाहरु (फोटो फिचर)

धनगढीको खुला मञ्चमा पिङ खेल्दै रमाउदै बालबालिकाहरु (फोटो फिचर)

धनगढी : नेपालीले मनाउने दशैंको अर्को आकर्षण पिङलाई पनि मान्ने गरिन्छ । दशैं–तिहारको अवसरमा एक पटक भूइँ छाड्नु पर्छ भन्ने मान्यता छ । जसका लागि बुढादेखि बच्चासम्मले लिङ्गे पिङ खेल्ने मान्यता परम्पराको रुपमा स्थापित छ ।

दशैंको सुरुवातमा पिङ्ग थाप्ने चलन हुन्थ्यो । दशैंको शुरुवातमा थापेको पिङ तिहारसम्मै खेल्न चलन थियो । टोलै पिच्छे पैसा उठाएर बाँस, सालको लिङगो गाडेर, डोरी बाटेर दशैंदेखि तिहारसम्म सार्वजनिक स्थानमा पिङ बनाउने टोल–टोलमा लहर नै चल्ने गर्थ्यो ।

झण्डै डेढ र दुई दशकयता देखि जाँते, रोटे पिङ लोप भइरहेका छन् भने, गाउँले मिलेर बनाउने लिङ्गे पिङ पनि विस्तारै हराउन थालेको छ । कैलाली जिल्लामा पनि पिङ लोप भईसकेका छन । तर कैलालीमा भने सशस्त्र प्रहरीले कैलालीका विभिन्न ठाउँमा पिङ हालेर यसको संरक्षण गरिरहेको छ ।

धनगढीको खुल्ला मञ्चमा निर्माण गरेको पिङमा बालबालिकाहरु आजभोली रमाउने गरेका छन । बर्ष दिनको चाडमा सबै साथीहरु सँग यसरी मिलेर पिङ खेल्दाँ रमाईलो हुने गरेको उनीहरुले बताएका छन ।