नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ३२ जना घाइते

नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ३२ जना घाइते

दाङ : काठमाडौँबाट दाङका लागि छुटेको बस नवलपरासीमा दुर्घटना हुँदा ३२ जना घाइते भएका छन् ।

ना ६ ख ९२८ नम्बरको बस पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिका–११ कुसुण्डेमा दुर्घटना भएको हो । बस विपरित दिशाबाट आउँदै गरेको आरजे १४ जिसी ३८४९ नम्बरको भारतीय ट्रकसँग ठोक्किएर सडकबाट तल खसेको हो ।

बसमा कम्तिमा ५० यात्रु सवार थिए । घाइतेमध्ये १३ जनाको चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । अन्य १९ जनाको भने स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।