१० स्वर्ण सहित नेपाली कराते टोली पुनः च्याम्पियन

१० स्वर्ण सहित नेपाली कराते टोली पुनः च्याम्पियन

धनगढी ।  भारतमा सम्पन्न "छैटौ खुला इन्डोनेपाल कराते च्याम्पीयनसिप २०१९"मा   कराते टिम १० स्वर्ण सहित पुनः च्याम्पियन भएको छ ।

अल इन्डिया वादोरियो कराते संघको आयोजनामा भारतको उत्तराखण्ड हल्द्वानीमा असोज २५ र २६ गते भएको कराते प्रतियोगितामा १० स्वर्ण, ११ रजत ७ कुल, २८ पदक प्राप्त गरि टिम च्याम्पियन हुन सफल भएको हो।

कार्यक्रममा स्वर्ण जित्र्नेमा जीवन एसके ,जोसेप नेपाली , रोहन बिक,पीयूष खनाल, पुस्पा मडै , चन्द्र बोहरा , इस्वरी साउद , सर्मिला घर्तीमगर , शिशिर श्रेष्ठ र साहिल भण्डारी यस्तै रजत पदकजित्र्ने खेलाडीहरुमा प्रेम बहादुर गुरुङ , अर्जुन थापा, बन्दना मौनि , बिशाल बि.क. , केशव गुरुङ ,सपना चौधरी ,बिर्मा ठ्गुन्ना , पुस्पा बिस्ट , पुजा बोगटी, पुस्पा मडै र कास्य पदक जित्ने खेलाडीहरुमा सपना चौधरी ,जैमती ठगुन्ना, रिमा घिमिरे , बिबेक सुनार , अर्जुन थापा ,प्रेम गुरुङ ,सम्झना जिसि, आयुशा रानामगर रहेका थिए ।

कार्यक्रमको प्रमुख अथिती पुर्बमन्त्री ललित पन्त, एसियन कराते महासघका निर्णयक तथा राष्ट्रिय गोजुरियो कराते संघ नेपालका महासचिव प्रकाश कुमार चन्द विशिष्ट अथिती रहेको कार्यक्रममा भारतका १५० र नेपाल का ४२ जना खेलाडी तथा अफिसियलहरु को सहभागिता रहेको थियो ।