धानमा बाला नलाग्दा कैलाली–कञ्चनपुरका किसान चिन्तित (फोटो फिचर)

धानमा बाला नलाग्दा कैलाली–कञ्चनपुरका किसान चिन्तित (फोटो फिचर)

धनगढी : धानमा बाला नलाग्दा कैलाली–कञ्चनपुरका किसान चिन्तित देखिएका छन् । नेपाल सरकारले पञ्जिकृत गरेको गरिमा जातको धानमा बाला नलाग्दा किसान ठगिएका छन् ।

मसिनो तथा बास्नादार र खानका लागि स्वादिलो हुने भन्दै किसानले गरिमा जातको धान रोपेका थिए । तर धान फलेर पाक्ने समय भइसक्दा पनि धानमा बाला नलाग्दा किसान चिन्तित बनेका हुन् ।

कैलालीको गौरीगंगा नगरपालिका, घोडाघोडी नगरपालिका, जोशीपुर गाउँपालिका र जानकी गाउँपालिका तथा कञ्चनपुरको बेलौरी नगरपालिका, शुक्लाफाँटा नगरपालिका, पुनर्बास नगरपालिका र बेल्डाँडी गाउँपालिकाका किसानले गरिमा जातको धान रोपेका थिए ।