विश्वकै पुरानो क्रिकेट क्लब मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले नेपाली यू–१९ टोलीलाई जितका लागि रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको एमसीसीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३३४ रन बनायो ।
एमसीसीका लागि टोम वेस्टली अर्धशतकीय पारी खेले । उनले ६५ रन बनाए । त्यस्तै माइल्स होमाल्डले पनि अर्धशतक बनाउन सफल भए । उनले पनि एमसीसीका लागि ६५ रन बनाएका हुन् ।
एमसीसीका लागि इडी योङले ४५ रनको योगदान गर्दा विल्ली गोडलेमनले २२ रन बनाउन सफल भए । त्यस्तै भन्डेरेस्परले २४ रन बनाए । बलिङतर्फ नेपालका लागि सागर ढकाल र शेर मल्लले दुई–दुई विकेट लिए । त्यस्तै कुशल मल्ल, हरि चौहान र आकाश चन्दले एक–एक विकेट लिए ।
नेपालले एमसीसीसँग एकदिवसीय, फस्ट क्लास र टि–ट्वान्टी खेल खेल्नेछ । यसअघि नेपालले २०१५ मा एमसीसीसँग घरेलु मैदानमा प्रतिस्पर्धा गरेको थियो । एमसीसीले भ्रमण गरेपछि २०१८ मा नेपालले एमसीसीको घरेलु मैदान लर्डस्मा त्रीकोणत्मक सिरिज खेलेको थियो ।