भारतले कालापानीवरै पनि मन्दिर बनाउन दिएन

भारतले कालापानीवरै पनि मन्दिर बनाउन दिएन

दार्चुला : भारतीय पक्षले महाकाली नदीवारि आएर सैन्य शिविर खडा गरेको कालापानी क्षेत्र स्थानीय ब्यासी(सौका) समुदायको परम्परागत पवित्र भूमि हो । तर त्यहाँ उनीहरुलाई प्रवेश निषेध छ ।

त्यसैले उनीहरुले अतिक्रमित क्षेत्रभन्दा करिब २ सय मिटरवरै एउटा मन्दिर बनाउन चाहे । त्यसको निर्माणमा पनि भारतीय सुरक्षाकर्मीले अवरोध खडा गरेका छन् ।

कालापानी दार्चुलाको सबभन्दा उत्तरी ब्यास गाउँपालिका, वडा नम्बर १ मा पर्छ । त्यस मुन्तिरको पहिलो गाउँ छाङरुका बासिन्दालाई पूजा गर्न सजिलो होस भनेर कालापानीमा काली मन्दिर बनाउन ब्यास गाउँपालिकाले ४ लाख रुपैंयाँ विनियोजन गरेको छ ।

स्थानीय भारतीय अर्धसैन्य बलको अतिक्रमणमा परेको क्षेत्रभन्दा २ सय मिटरवरै मन्दिर बनाउन खोजेका हुन । मन्दिर निर्माण थाल्नुअघि उनीहरु कालापानीमा रहेका भारतीय सुरक्षाकर्मीलाई त्यसबारे जानकारी दिन गएका थिए ।

काम थालिसकेपछि समस्या उत्पन्न हुनसक्ने आशंकामा आफूहरु सीमामा तैनाथ भारतीय सुरक्षाकर्मीलाई सोध्न गएको उनीहरुको भनाइ छ । -कान्तिपुर दैनिकबाट