सीमा विवाद : छलफल गर्न आज सर्वदलीय बैठक

सीमा विवाद : छलफल गर्न आज सर्वदलीय बैठक

नेपाल र भारतबीको सीमा विवाद सतहमा आएको छ । सोहि सीमा विवादको बिषयमा छलफल गर्नका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बेलुका सर्वदलीय बैठक बोलाएका छन् । 

भारताको नयाँ नक्सामा नेपालको कालापानी र लिपुलेक नक्सामा पारेपछि सीमा विवाद पुनः सतहमा आएको हो । विवादको अवस्थाबारे छलफल गर्न प्रधानमन्त्रीले सर्वपक्षीय बैठक बोलाएका हुन् । 

प्रधानमन्त्री ओलीले आज दिउँसो ४ बजे बालुवाटारमा सर्वपक्षीय बैठक बोलाएका उनका प्रेस सल्लाहकार डाक्टर कुन्दन अर्यालले जानकारी दिए । बैठकमा पूर्वप्रधानमन्त्रीहरु, पूर्व परराष्ट्र मन्त्रीहरू, राजनीतिक दलका नेता, सीमाविद्, परराष्ट्र मामिलाका जानकार लगायतलाई बोलाइएको छ ।