विप्लपका केन्द्रीय कमिटी सदस्यसहित १६ कार्यकर्ता पक्राउ

विप्लपका केन्द्रीय कमिटी सदस्यसहित १६ कार्यकर्ता पक्राउ

बाजुरा : बाजुराको गौमुल गाँउपालिका-३ माझपालीमा विप्लवका केन्द्रीय कमिटी सदस्यसहित १६ जना कार्यकर्ता पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको प्रहरी टोलीले बिहीबार सरकारबाट प्रतिबन्धित विप्लवका एक केन्द्रीय कमिटी सदस्यसहित र अन्य १५ जना साधारण सदस्य पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

पक्राउ पर्नेमा रोल्पा जिल्लाको गंगादेवी गाउँपालिका ३ जिनावागं घर भएका विप्लवका केन्द्रीय कमिटी सदस्य ५२ वर्षीय चुडामणि ओली रहेका छन्। त्यस्तै, त्रिवेणी नगरपालिका-१ छताराका डम्बर सुनार, अछामको ढकारी गाउँपालिका २ का २४ वर्षीय नरेश शाही, घोडाघोडी नगरपालिका कैलालीका दीपक प्रकाश सुनार, हिमाली गाँउपालिका-१ का अमलाल थापा, सोही ठाँउका धर्मबहादुर थापा रहेका छन्।

त्यस्तै, अछामका निवायक नगरपकिा-८ का उदय कशेरा, सोही ठाँउका राजृश कुमार शाही, ७ का डबल बहादुर नेपाली, हिमाली गाउँपालिका-१ का धर्मसिंह बोहरा, स्वार्मिकार्तिक गाँउपालिका १ की कुश्मा विक, अस्मिता विक, सुस्मिता विक, अछामको ढकारी गाँउपालिका २ का कमला विक र अछामकै मष्टा गाउँपालिका १ की सृष्टि सिंह रहेको जिल्ला प्रहरी कार्यालय बाजुराको तथ्याकंमा छ।

विप्लव कार्यकर्ताको समूह बझाङबाट बाजुरा आउँदै गर्दा बीचबाटोमै प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।