वडा सदस्यको निधनमा नगरपालिकामा आज बिदा

वडा सदस्यको निधनमा नगरपालिकामा आज बिदा

बैतडी : बैतडीको पुर्चौडी नगरपालिकाले आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ। पुर्चौडी नगरपालिका –३ का वडा सदस्य गणेश पार्कीको आज दाहसंस्कार गरिने भएकोले बिदा दिने निर्णय भएको नगरपालिकाका निमित्त प्रमुख प्रसाशकीय अधिकृत विनोदकुमार कुँवरले जानकारी दिए।

वडा सदस्य पार्की यही कात्तिक २२ गते जात्रा हेर्न गएका बेला पुर्चौडी नगरपालिका १ हाटमा मृत अवस्थामा भेट्टिएका थिए। सार्वजनिक बिदामा नगरपालिका कार्यालय र १० वटै वडा कार्यालय बन्द रहने जनाइएको छ। 

शैल्यशिखरमा दुई दिन बिदा

दार्चुलाको शैल्यशिखर नगरपालिकाले आज र भोलि सार्वजनिक बिदा दिएको छ।  नगरकार्यपालिकाको बैठकले राष्ट्रकै सातौ धाम दार्चुलाको  मालिकार्जुनमा रहेको शैल्य शिखर मालिकार्जुन मन्दिरमा आज र भोली पुजाआजासहित भव्य जात्रा लाग्ने भएकोले दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो। 

सार्वजनिक बिदाका दिन आज र भोलि नगरपालिकाभित्रका सम्पूर्ण कार्यालय बन्द रहने शैल्यशिखर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र विष्टले जानकारी दिए।

आज शैल्यशिखरको पुजन जात्रा हुने र भोली मालिकार्जुन मन्दिर मडमा भव्य जात्रा लागने गर्दछ।   शिखरधाम र मालिकार्जुनको पुजा अर्चना गरे मनोकामना पूर्ण हुने विश्वास रहेको छ।