डोटीमा भएको ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

डोटीमा भएको ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

डोटी : डोटीको शिखर नगरपालिका १० खन्नेखोलामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । शनिबार बेलुका ७ बजे दिपायलबाट डडेल्धुरातर्फ जाँदै गरेको से २ त २६५१ नम्बरको ट्याक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत प्रहरी निरीक्षक कर्णबहादुर बोहराले जानकारी दिए।

दुर्घटनामा घाइते भएका ट्याक्टर चालक धनगढी उपमनपा ४ उत्तरबेहडी कैलाली घर भएका ३२ वर्षीय अनिल चौधरीको उपचारको क्रममा प्रादेशिक अस्पताल कैलालीमा आइतबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।