एनसेलले ल्यायो ‘अल नेट भ्वाइस प्याक’

एनसेलले ल्यायो ‘अल नेट भ्वाइस प्याक’

एनसेलका प्रिपेड ग्राहकहरुले अब देश भित्रअन्य नेटवर्कमा रहेका आफ्ना साथीभाइ र आफन्तजनहरुसँग सुलभ दरमा कुरा गर्न सक्नेछन् ।

एनसेलप्राइभेट लिमिटेडले ‘अल नेटवर्क भ्वाइस प्याक’अफर सञ्चालनमा ल्याएको भन्दै यसअन्तर्गत ग्राकहले कर बाहेक प्रतिमिनेट १ रुपैयाँको दरमा देशभित्रको सम्पूर्ण नेटवर्कमा कल गर्न सक्ने जनाएको छ । यो अफर बाहेक विद्यमान शुल्कअनुसार एनसेलका ग्राहकले अन्य सेवा प्रदायकको नेटवर्कमा कल गर्दा कर बाहेक प्रतिमिनेट १.९९ रुपैयाँ लाग्छ ।

यो अल नेट भ्वाइस प्याक मंगलबारदेखि सञ्चालनमा आएको छ । यस प्याकअन्तर्गत ग्राकहले २० मिनेटको अल नेटवर्क टक टाइम (देशका अन्य कुनै पनि टेलिकम सेवाप्रदायकको नेटवर्कमा कल गर्न मिल्ने) कर बाहेक २० रुपैयाँ (करसहित २५.५४ रुपैयाँ) मालिन सक्छन् ।

यसरी देशभित्रको अन्य नेटवर्कमा सुलभ दरमा कल गर्न सकिने अफर ल्याइएको यो पहिलो पटक भएको पनि एनसेलले जनायो ।