एनसेलले ल्यायो ‘रिचार्जमा चमत्कार’ योजना

एनसेलले ल्यायो ‘रिचार्जमा चमत्कार’ योजना

एनसेल प्राइभेट लिमिटेडले ‘रिचार्जमा चमत्कार’ नयाँ योजना ल्याएको छ । यो योजनाबारे जानकारीसहित एनसेलले एक टीभी कार्यक्रम र आफ्नो फेसबुक पेजमार्फत् पाँच भाग्यशाली कोडको घोषणा गरेको छ । यसरी घोषणा गरिएका प्रत्येक कोड नम्बरवाहक एनसेल ग्राहकले जनही २ लाख रुपैयाँ पुरस्कार जितेका छन् ।

आफ्नो कस्टमर लोयल्टी योजना अन्तर्गत एनसेलले यो ‘रिचार्जमा चमत्कार’ अफर मंसिर १ गतेदेखि सञ्चालनमा ल्याएको हो । यस योजना अन्तर्गत हरेक योग्य ग्राहकले प्रत्येक हप्ता २ लाख रुपैयाँ र प्रत्येक महिना १० लाख रुपैयाँ जित्ने मौका पाउँनेछन् । योजनाको पहिलो हप्ता (मंसिर १–७) का विजेतालाई एनसेलले यही शुक्रबार (मंसिर १३) भित्र पुरस्कार रकम हस्तान्तरण गर्नेछ ।

एनसेलका प्रिपेड र पोष्टपेड सेवाका सबै ग्राहकहरुले हप्तामा १०० रुपैयाँ वा यसभन्दा बढीको रिचार्ज गरी साप्ताहिक वा मासिक नगद पुरस्कार जित्न सक्नेछन् । ग्राहकले १०० रुपैयाँ वा त्योभन्दा को ब्यालेन्स रिचार्जमा प्रत्येक १०० रुपैयाँ बराबरको एक विषेशकोड एसएमएसमार्फत प्राप्त गर्छन् ।

उदाहरणका लागि यदि कुनै ग्राहकले ३५० रुपैयाँ रिचार्ज गर्दछ भने उसले तीन विषेश कोड नम्बरहरु प्राप्त गर्दछ । त्यसैगरी ग्राहकले ५०० रिचार्ज गरेमा पाँच वटा विषेश कोडहरु प्राप्त हुनेछन् । यसरी प्राप्तहुने प्रत्येक कोड ग्राहकले नगद पुरस्कार दाबी गर्नका लागि सुरक्षित राख्नु पर्ने हुन्छ । 

यस योजना अन्तर्गत प्रत्येक हप्ता सोमबार साँझ साढे ६ बजे एपीवान टेलिभिजनमा प्रत्यक्ष प्रसारण र एनसेलको फेसबुक पेजमार्फत पाँच भाग्यशाली विजेता ग्राहकहरुको घोषणा हुन्छ ।