समाजवादी पार्टीको पदाधिकारी बैठक आज बस्दै

समाजवादी पार्टीको पदाधिकारी बैठक आज बस्दै

समाजवादी पार्टीको केन्द्रीय पदाधिकारी बैठक बिहीबार दिउँसो २ बजे बस्दैछ। केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने बैठकमा संगठन विस्तार तथा सुदृढीकरण अभियान, केन्द्रीय नेताहरुको कार्यविभाजनका बारेमा छलफल हुने बताइएको छ।

बैठकमा पछिल्लो राजनीतिक स्थितिको समीक्षा र आगामी कार्ययोजनाबारे पनि छलफल हुनेछ। बैठकले पार्टी एकतामा आँच पुग्ने हिसाबले गलत सन्देश जाने गरी पार्टीको जिम्मेवार पदमा बसेर भित्र वा बाहिर कोही बोल्छ भने त्यसलाई अनुशासनको कारबाही गर्ने विषयमा पनि निर्णय गर्ने बताइएको छ।

विगत केही दिनयता केही मिडियामा गलत नियतका साथ केही नेताको उद्धरण सहित समाचार आएकोमा अध्यक्षद्वय उपेन्द्र यादव र बाबुराम भट्टराईबीच गम्भीर छलफल पनि भएको छ।

दुई अध्यक्षबीच आगामी दिनमा पार्टी एकतामा आँच आउने कार्य पार्टी भित्रकै जिम्मेवार नेताबाटै हुन्छ भने त्यसलाई गम्भीर रुपमा लिएर आवश्यक अनुशासनको कारबाही प्रक्रिया अगाडि बढाउने सहमति भएको पार्टीको प्रचार विभाग उपप्रमुख विश्वदीप पाण्डेले जानकारी दिए।