स्वास्थ्य निर्देशनालयको अल्ट्रासाउण्ड मेसिन खरीदको मुद्धा लेखा समितिमा

स्वास्थ्य निर्देशनालयको अल्ट्रासाउण्ड मेसिन खरीदको मुद्धा लेखा समितिमा

धनगढी– सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले खरीद गरेका ८८ वटा अल्ट्रासाउण्ड मेसिनको खरीदको मुद्धा प्रदेश सभाको सार्वजनिक लेखा समितिमा पुगेको छ ।

 प्रदेश स्वास्थ्य निर्देशनालयले खरीद गरेका ८८ वटा अल्ट्रासाउण्ड मेसिनको खरीद विवादित बनेपछि प्रदेश सभाको सार्वजनिक लेखा समितिले समेत सो खरीद प्रक्रियाका सम्पूर्ण कागज पत्रहरु अध्ययनका लागि मागेको छ । 

प्रदेश सभाको लेखा समितिले सो खरीद प्रक्रियाबारे पत्रपत्रिका, अनलाइन समाचार र रेडियोहरुमा समाचारहरु सार्वजनिक भए लगत्तै आफ्नो कार्यालयमा उजरी समेत आएपछि छानवीनका लागि कागजपत्र मगाएको जानकारी दिएको छ । निर्देशनालयको अल्ट्रासाउण्ड मेसिन खरीद प्रक्रियाका कागजपत्रहरु मगाइएको र आफ्नो कार्यालयलाई कागजपत्रहरु प्राप्त भइसकेको सार्वजनिक लेखा समितिका सभापति कुमारी नन्दा बमले बताउनुभयो । 

आफु सबै प्रदेशका लेखा समितिका सभापतिहरुका लागि आयोजना गरिएको कार्यक्रममा सहभागी हुन एक हप्ताका लागि धुलिखेल पुगेको र धनगढी फर्किने बित्तिकै समितिको बैठक डाकेर सो बिषयमा अध्ययन थालिने उहाँले जानकारी दिनुभयो । यो प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्त्रान आयोगले पनि छअनवीन गरिरहेको छ । अख्तियारको छानवीनलाई बल पुग्ने गरी आफुहरुले पनि अध्ययन गर्ने सभापति बमले बताउनुभयो । उहाँले टेण्डर आह्वान गरिएको सूचना सहित भ्याट बाफतको रकम थप माग्ने सम्मको निर्णय मागिएको बताउनुभयो ।

सभापति बमका अनुसार सार्वजनिक लेखा समितिले टेण्डर आह्वान गर्दा एउटै मात्र आपुर्तिकर्तालाई टेण्डर पार्ने किसिमले आपुर्तिकर्ताका कामदारलाई परामर्शदाता बायो मेडिकल इन्जिनियरका रुपमा नियुक्त गरेर आपुर्ति गर्नपर्ने अल्ट्रासाउण्ड मेसिनको स्पेसिफिकेसन गर्न लगाएको बिषयमा पनि अध्ययन गर्न स्पेसिफिकेसन गरिएका कागज पत्रहरु समेत मगाइएका छन् । सोझो रुपमा बुझ्दा नीतिगत रुपमा र सामान खरीदमा आर्थिक चलखेल भएको देखिने हुँदा समितिले गहन अनुसन्धान गरेर प्रतिवेदन सार्वजनिक गर्ने समेत सभापति बमले बताउनुभयो ।