डाटा सस्तो हुने भएपछि दार्चुलामा भारतीय सीमको प्रयोगमा वृद्धि

डाटा सस्तो हुने भएपछि दार्चुलामा भारतीय सीमको प्रयोगमा वृद्धि

दार्चुला : टावरमा बेलाबेलामा समस्या आउन थालेपछि दार्चुलामा भारतीय मोबाइल सीम प्रयोगकर्ता बढेका छन् । हिउँदमा भन्दा पनि बर्षायाममा बढी नेपालको फोन सेवा अवरुद्ध हुने गरेको छ ।

‘दुई वर्ष अघिसम्म नेपालतिरको टेलिफोन सेवा प्रभावकारी थियो’, स्थानीय लोकेन्द्रसिंह धामीले भने, ‘नेपाली सीम भारतको पिथौरागढदेखि कालापानीसम्म बस्ने भारतीय सुरक्षाकर्मीले प्रयोग गर्थे । तर दुई वर्षको अन्तरमा ठिक उल्टो भएको छ ।’

अहिले भारतीय बजारबाट छ्याछ्याप्ती रुपमा एटीएल, बीएसएनएलका सीमहरु दार्चुलाको लेकम गाउँपालिका–३ लालीदेखि व्यास गाउँपालिकाका स्थानीयले प्रयोग गर्न बाध्य छन् । भारतीय सीम नेपालको सीमभन्दा सस्तोमा डाटा चलाउन मिल्छ भने फोन र म्यासेज निःशुल्क हुनथालेपछि प्रयोग बढेको बीरसिंह महरा बताउँछन् ।