एमाले नेता : बस्नेतको अभिव्यक्ति पछि आयो रावलको यस्तो ट्विट ?

एमाले नेता : बस्नेतको अभिव्यक्ति पछि आयो रावलको यस्तो ट्विट ?

धनगढी । युवा संघको कार्यक्रममा सहभागी हुन धनगढी पुगेका नेकपा एमालेका नेता, पूर्व मन्त्री तथा राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय इन्चार्ज महेश बस्नेतले एमाले नेता डा. भीम रावललाई पनि पार्टीले स्पष्टीकरण सोध्न सक्ने बत्ताएपछि नेता रावलले ट्विट मार्फत प्रतिक्रिया दिएका छन् । 

धनगढीमा पत्रकारहरू सँगको अन्तरक्रियाका क्रममा नेता बस्नेतले  एमाले नेता डा. भीम रावलले पनि पार्टी पद्धति र दलीय व्यवस्थालाई स्वीकार गर्न नसकेको बताउँदै अनेक तरीकाबाट व्यक्ती हिरो बन्ने शैली अपनाएको हुँदा पार्टीले नेता रावललाई पनि स्पष्टीकरण सोध्ने बताएका थिए। नेता बस्नेतले एकाले नेता डा. भीम रावलले संसदमा एमसीसी टेबुल गर्दै गर्दा आफ्नो धारणा राख्नुभएको तियो सो अवस्थामा सभामुखको कमजोरी की नेता रावलको ? यसमा तपाईँको धारण के छ ? भनी सोधिएको प्रश्नको जवाफ दिँदै,“क. भीम रालले पनि पार्टी पद्धति र दलीय व्यवस्थालाई स्वीकार गर्न सक्नुभएको छैन । व्यक्ति हिरो बन्ने र व्यक्तिको अहमता अनेक माध्यमबाट प्रकट गर्ने उहाँको त्यो शैलीलाई उहाँले फेरी प्रकट गर्नुभएको छ । मलाई लाग्छ पार्टीले सभामुख ज्यु सँग पनि यसको बारेमा एक्सन लिने छ र भीम रावल सँग पनि पार्टीले स्पष्टीकरण सोध्छ भन्ने लाग्छ” भनेका थिए ।

उक्त अभिव्यक्तिको जवाफ नेकपा एमालेका सांसद, नेता रावलले ट्विट मार्फत दिएका छन् ।  भीम रावलले मंगलबार ट्विट गर्दै लेखेका छन्, ‘जन निर्वाचित सांसदले राष्ट्रिय स्वाधीनता र हितको पक्षमा र बाह्य हस्तक्षेपविरुद्ध बोल्दा कम्युनिस्ट पार्टीले  ‘स्पष्टीकरण सोध्नुपर्छ’ भन्ने कुरा पुष्पलाल र मदनले सुन्नुपरेको भए कस्तो लाग्दो हो ?’

उनले थप लेखेका छन्, ‘अब देशभक्तिको स्वरलाई दबाएर देशको अस्मिता समाप्त गर्ने खेल पार्टीमा सुरु भएको हो ?’  

नेता रावलको ट्विट जस्ताको त्यस्तै: 

संसदमा एउटा जन निर्वाचित सांसदले धारणा राख्न पाउने रावलको भनाई छ । 

सभामुखले 'गुरिल्ला' हुँ भन्ने पुष्टि गरे, पार्टीले भीम रावललाई पनि स्पष्टीकरण सोध्छ : बस्नेत