परम्परा र संस्कृति प्रति उदासीन देखिएको प्रदेश सरकार सुदूर पश्चिमेली जनताका अगाडी घुँडा टेक्यो, १७ गते सार्वजनिक बिदा

परम्परा र संस्कृति प्रति उदासीन देखिएको प्रदेश सरकार सुदूर पश्चिमेली जनताका अगाडी घुँडा टेक्यो, १७ गते सार्वजनिक बिदा

धनगढी । अन्ततः परम्परा र संस्कृति प्रति उदासीन देखिएको सुदूरपश्चिम प्रदेश सरकारले सुदूर पश्चिमेली जनताको विरोधका अगाडी घुँडा टेकेको छ । शुक्रवार सुदूरपश्चिम सरकारले गौरा पर्वमा बिदा नदिने भनेकोमा सुदूर पश्चिमेली जनताका विरोध सहन नसकेर सार्वजनिक बिदा दिने निर्णयमा पुगेको हो । 

यो भन्दा पहिले वैशाख एक गतेको सुदूरपश्चिम प्रदेश राजपत्रमा जारी सूचनामा बिदा रहेको उल्लेख गरिएको छ ।

उक्त सूचनामा अतवारी पर्वको अवसरमा १९ गते बिदा उल्लेख गरिएको थियो । यद्धपी थारु समुदायले मनाउने अतवारी पर्व १२ गते परेकोले चर्को आलोचना पछि बिदाको मिति संशोधन गरेको थियो ।  अतवारी पर्वको बिदा मिति संशोधन, भदौ १२ गते सार्वजनिक बिदा

पुनः भदौ पन्ध्रमा जारी गरेको सूचनामा गौरा पर्वमा दिइएको बिदा झिकिएको उल्लेख गरेको प्रदेश सरकारले सूचना सार्वजनिक गरे देखी कयौँले,

"प्रदेश सरकार हाम्रो परम्परा र संस्कृति प्रति  उदासीन र गैर जिम्मेवार देखिएको, आयातित संस्कार लाई बढवा तथा मौलिकता लाई उपहास त कतिले कस्तो केटाकेटी पाराको सरकार हो यो ? छिन छिनमा एकै कुरा बदली रहेको छ । यसैलाई भन्छन् क्यारे केटा केटी आए गुलेली खेलाए मट्याङ्ग्रा नाश ? साँचो सूचना चाहिँ कुन हो सरकार  ?"

भन्ने लगायतका अनेकौँ टिका टिप्पणी कटाक्ष र सुदूर पश्चिमेली जनताको आलोचनाका अगाडी घुँडा टेकेर १६ गते साँझ सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सूचना जारी गर्दै भनेको छ ।,

"प्रदेश सरकार ९मन्त्रिपरिषद्० को मिति २०७१।०५।१६ गतेको बैठकबाट भोलि मिति २०७९ साल भाद्र १७ गते गौरा पर्वको अवसरमा सुदूरपश्चिम प्रदेशभरका सरकारी कार्यालय तथा सार्वजनिक निकायहरूमा सार्वजनिक बिदा दिने निर्णय भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।"

यो खालको हर्कतकबाट के प्रस्ट हुन्छ भने सुदूरपश्चिम प्रदेश सरकार साँच्चिकै सुदूर पश्चिम प्रदेशका धर्म र संस्कृति प्रति लापरवाह त छ नै राज्य सञ्चालनका सवालमा पनि अपरिपक्व छ भन्ने प्रस्ट हुन्छ । भने राज्य सञ्चालक र मन्त्रीहरूको मन मौजी चलिरहेको छ यस प्रदेशमा ।