दार्चुला घटनाबारे भीम रावलको प्रश्नः परराष्ट्र मन्त्रालयको घाँटी कसले अँठ्यायो ?

दार्चुला घटनाबारे भीम रावलको प्रश्नः परराष्ट्र मन्त्रालयको घाँटी कसले अँठ्यायो ?

नेकपा एमालेका नेता भीम रावलले सरकार भारतको ज्यादतीविरुद्ध मौन बसेकोप्रति प्रश्न उठाएका छन्। महाकाली नदीपारि भारतले तावाघाट, लिपुलेक सडक चौडा गर्ने क्रममा शुक्रबार विस्फोट गराउँदा दार्चुलाको व्यास गाउँपालिका २ का ९ वर्षीय बालक पवन महराको मृत्युबारे सरकार मौन बसेपछि नेता रावलले असन्तुष्टि पोखेका हुन्।

उनले सिमानामा भारतको ज्यादती हुँदा परराष्ट्र मन्त्रालय किन मौन रु भनेर प्रश्न गरेका छन्। उनले ट्विटरमा लेखेका छन्, ‘दार्चुलाका जयसिंह धामीलाई भारतीयले तुइन खुस्काइ महाकालीमा बगाएको १ वर्ष बित्दा नबित्दै सडक निर्माणमा गरेको विस्फोटको ढुंगा लागी ९ वर्षीय पवन महराको दुःखद निधन भएको छ ।

१४ वर्षीया सरिना महरा घाइते भएकी छन्। सिमानामा यस्तो ज्यादती हुँदा परराष्ट्र मन्त्रालय किन मौन रु घाँटी कसले अँठ्यायो ?’यसअघि भारतीय एसएसबीले महाकाली नदी तर्ने क्रममा तुइन काट्दा जयसिंह धामी गत महाकालीमा बगेर बेपत्ता भएको पनि एक वर्ष भएको उल्लेख गरेका छन्।

दार्चुला घटनाः एमाले अध्यक्ष ओलीको प्रश्न, 'प्रधानमन्त्री देउवाको मौनता कहिलेसम्म ?'