आइतबार, ०४ बैशाख २०७९ धर्मानन्द भट्ट
कति मारिएका छन्, कति लखेटिएका छन् कति लुकेका छन्, कति प्रष्ट देखिएका छन्सोमबार, १६ फागुन २०७८ धर्मानन्द भट्ट
लैजाऊ राष्ट्रियता एकथान बिक्रीमा छ। सक्छौ लगाऊ मूल्य इमान बिक्रीमा छ।बुधबार, १९ माघ २०७८ धर्मानन्द भट्ट
कति सहन्छौ यसरी तिमी दासहरू सेवकहरू टाउकोमा टेकेर बसेका छन् ठालू शासकहरूमङ्गलबार, १८ माघ २०७८ धर्मानन्द भट्ट
फेरि त्यो दिन आउने छ सबैतिर चहल पहल हुनेछमङ्गलबार, २० पुष २०७८ धर्मानन्द भट्ट
मेरो खण्डहर नि खण्डहर जस्तो लाग्दैन। मेहनतीहरूको बगर बगर जस्तो लाग्दैन।आइतबार, १८ पुष २०७८ धर्मानन्द भट्ट
चिसा लाग्छन् अक्सर अचेलका रातहरू। याद आउँछन् विश्वासहरू अनि घातहरू।शुक्रबार, १७ मङि्सर २०७८ धर्मानन्द भट्ट
हामीले मिलाउन अझै बाँकी कुराहरू छन् । विचारको नाममा बोकिएका छुराहरू छन् ।सोमबार, ०६ मङि्सर २०७८ धर्मानन्द भट्ट
इमान बेचेर अझै कति तल झर्नुपर्छ भन। तिमी जस्तै बन्नलाई अब के गर्नुपर्छ भन।मङ्गलबार, ०८ असार २०७८ धर्मानन्द भट्ट
सपनाहरू मसंग किन हो किन आउन मान्दैनन्। त्यहीँ भएर त यी आँखा पनि निदाउन मान्दैनन्।मङ्गलबार, ०८ असार २०७८ धर्मानन्द भट्ट
आफ्नो हुँदैन कोही आफ्नो भन्नू बेकार हो। यो सब भ्रम हो साथी तिमी भन्छौ प्यार हो।शुक्रबार, १४ जेठ २०७८ धर्मानन्द भट्ट
नीति विधि पद्धतिका वायात् कुरा हुँदै छन्। हाम्रा भने आशाका किरण मधुरा हुँदा छन्।शुक्रबार, १४ जेठ २०७८ धर्मानन्द भट्ट
सजिलै सुल्झिन पनि किन उल्झन मान्दैन। सधैं उल्झि-रहन पनि त यो जीवन मान्दैन।शुक्रबार, १४ जेठ २०७८ धर्मानन्द भट्ट
इमान इज्जत प्रतिष्ठा मति सब सकियो। बस बाँकी थियो अलिकति सब सकियो।शुक्रबार, १४ जेठ २०७८ धर्मानन्द भट्ट
यस्तो पवित्र जिन्दगी बारबार नमिल्न सक्छ। लाग्छ अब खुसीको समाचार नमिल्न सक्छ।शुक्रबार, १४ जेठ २०७८ धर्मानन्द भट्ट
हर बखत किन भित्र बाहिर आइजाइ गर्दै छौ। देशको बर्बादी गरेर खै कसको भलाइ गर्दै छौ।बिहिबार, ०६ जेठ २०७८ धर्मानन्द भट्ट
समृद्धि घर घर अनि रोजगारी हात हात आउँछ। जसरी यहाँ मनसुन सुरु भएपछि बर्सात आउँछ।बिहिबार, ०६ जेठ २०७८ धर्मानन्द भट्ट
बाँच्नुस जिन्दगी अहिले अवसर तमाम आउने छ। मरे भने एक दिनलाई सञ्जालमा नाम आउने छ।बिहिबार, ०६ जेठ २०७८ धर्मानन्द भट्ट
थाहा छैन यो सालले कति आफ्ना लिएर जान्छ। सम्वत नै राक्षस छ कतिका सपना लिएर जान्छ।बिहिबार, ०६ जेठ २०७८ धर्मानन्द भट्ट
उठौँ जुरुक्क लौ उठौँ न देशका बयुवाहरू। उठौँ हिमाल मालका मधेसका युवाहरू।बिहिबार, ०६ जेठ २०७८ धर्मानन्द भट्ट
मैले पढेको थिए किताबमा याद आइ रहन्छ। मानवीयता सकिएपछि बाँकी धुर्त्याइ रहन्छ।बिहिबार, ०६ जेठ २०७८ धर्मानन्द भट्ट
मलाई चिन्ता घरमा न दाल छ न चामल छ। तिमीलाई चिन्ता लाग्ने केवल यो बादल छ।आइतबार, २६ बैशाख २०७८ धर्मानन्द भट्ट
केवल एउटा सपना मुटुमा सजाएको मान्छे। तिम्रैलागी मन पोलेर बेसरी डढाएको मान्छे।शनिबार, २५ बैशाख २०७८ धर्मानन्द भट्ट
जनाता बाँच्न लड्दै छन् नेता रमाउन लड्दै छन्। बेसरम, यी फटाहाहरू फेरि के पाउन लड्दै छन्।मङ्गलबार, २१ बैशाख २०७८ धर्मानन्द भट्ट
आजसम्म खुसीले नजिक आउन पाएको छैन। त्यसैले होला यो मन पनि रमाउन पाएको छैन। नोकरी गर्छु भनेको थिए नोकर नै बुझ्नु भएछ, गुजारा चलेको छ यसरी कमाउन पाएको छैन। खुसी नमाग्ने सर्तमा जिन्दगी पाएको मान्छे म, खुसी भएर यो जिन्दगी बिताउन पाएको छैन।बिहिबार, ०२ बैशाख २०७८ धर्मानन्द भट्ट
सफरमा यसरी तिमी अलपत्र पारेर गयौ। सम्बन्ध तोडेर छुट्टियौ र माया मारेर गयौ। लडाइँ जारी छ रणनीति बदलेर लड्ने छु, कसले भन्छ अब तिमीले युद्ध हारेर गयौ।